वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९
नेपाल सरकारका जिल्ला स्थित संघीय कार्यालयहरु, प्रदेश र स्थानीय तहहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गर्ने, विनियोजन, राजस्व, धरौटी र विविध खाता संचालन गर्ने र सो को एकीकृत वित्तिय विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने उद्देश्य अनुरुप महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधी कार्यालयको रुपमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेको स्थापना वि.स. २०३८ सालमा भएको हो ।
जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना भए पश्चात सम्पुर्ण सरकारी कारोबारको व्यवस्थापक, परामर्शदाता एवं नियामक निकायको रुपमा कार्य संचालन हुदै आएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले पारदर्शी, उत्तरदायी एवं प्रविधिकमैत्री सार्वजनिक वित्तिय व्यवस्थापन प्रणाली विकास तथा संचालन गर्न सहयोग पुर्याउदै सरकारी स्रोत-साधनको उचित, मितव्यी, र प्रभावकारी उपयोग सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।